ताजा जनादेश आवश्यक,गठबन्धनले नै चुनाव गराए हुन्छ : केपी शर्मा ओली


प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद् नियमितरूपमा सञ्चालन र सरकार विस्तार हुन नसक्ने स्थिति रहिरहने हो भने मुलुकलाई ताजा जनादेशमा लानु नै उपयुक्त भएको बताएका छन् ।
एमालेको आसन्न विधान महाधिवेशनका सन्दर्भमा आज विभिन्न सञ्चारमाध्यमका सम्पादक एवं वरिष्ठ पत्रकारसँगको छलफल कार्यक्रममा अध्यक्ष ओलीले यही सरकारले प्रतिनिधिसभाको कार्यकाल अगावै निर्वाचन गराए आफूहरु प्रतिपक्षमै रहेर सहभागी हुने स्पष्ट गरे पत्रकारको एक प्रश्नमा पूर्वप्रधानमन्त्री ओलीले भने, “संसद् र जनताको स्थिरता र समृद्धिको चाहनाका लागि दिइएको बहुमूल्य समय बर्बाद गर्नुहुँदैन ।
यस्तो अवस्थामा ‘अर्ली इलेक्सन’मा जान उपयुक्त हुन्छ ।” ओलीले ताजा जनादेशमा जानुपर्ने पक्षमा लबिङ गर्दै आएका छन् भने सोही प्रयोजनका लागि दुई पटक प्रतिनिधिसभा विघटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *