गुलाब चक्रवातको नेपालमा सामान्य प्रभाव रहने
बंगालको खाडीमा बिकसित ‘गुलाब’ चक्रवातको असरले आज मुलुकभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।गुलाब चक्रावतको नेपालमा खासै असर नपरे पनि मौसममा बदली र देशभर सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको महाशखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज ८ गते बंगालको खाडीबाट विकसित भएको ‘गुलाब’ नामक शक्तिशाली चक्रवात असोज १० गते भारतको उडिसामा जमिनमा अवतरण भएको छ ।उक्त चक्रवात अहिले न्यून चापीय क्षेत्रका रूपमा पश्चिमतर्फ अगाडि बढिरहेकाले त्यसको अप्रत्यक्ष परिधीय असरले नेपालमा आंशिकदेखि सामान्यसम्म मौसम बदलीको अवस्था हुन सक्ने तर भारी वर्षा हुने सम्भावमा छैन ।
मौसमविद् राजु प्रधानांगका अनुसार सोही प्रभावले मंगलबार बिहान चितवनमा मध्यमस्तरको वर्षा भएको छ । दिउँसो काठमाडौँ उपत्यकासहित देशभरका केही स्थानमा सामान्यदेखि मध्यमस्तरको वर्षा हुन सक्ने उनले बताए ।