यमनको मारिबमा विद्रोही र सेना बीच भिडन्त,कम्तीमा ५० को मृत्यु
यमनको मारिबमा भएका भिडन्तमा पछिल्लो ४४ घण्टामा हुथी विद्रोही र यमेनी सरकार समर्थक सेनासहित कम्तीमा ५० को मृत्यु भएको छ ।
तेल सम्पन्न उत्तरी क्षेत्रमा रहेको सरकारको अन्तिम गढ मारिबमाथि इरान समर्थित हुथी विद्रोहीले पुनः आक्रमण गरेपछि यस महिनामा मात्रै सयौंको मृत्यु भएको छ “विगत ४८ घण्टामा, ४३ हुथी लडाकुहरूको यमनमा रहेको साउदी नेतृत्वको गठबन्धन सेनाको आक्रमणमा मारिएका छन्,” मारिबको पश्चिममा रहेको सैनिक स्रोतले एएफपीलाई बताएको छ ।
सैनिक अधिकारीका अनुसार लडाइँमा यमनी सेना र यसलाई सहयोग गर्दै आएको स्थानीय लडाकूहरू गरी कम्तीमा सातको मृत्यु भएको छ ।