सत्ता गठबन्धनको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशबारे छलफल


सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूको आजको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारलाई एक–दुई दिनभित्रमा पूर्णता दिने दलहरूबीच सहमति भएको बताइएको छ ।

बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी नेत्री तथा सांसद दुर्गा पौडेलका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बन्नेहरूको नाम माग गरेका छन् । सरकार विस्तारमा ढिलाइ भएको भन्दै उनले मन्त्री बन्नेहरूको नाम मागेका हुन् ।“जतिसक्दो चाँडो सरकारलाई पूर्णता दिनुपर्छ भन्नेमा छलफल भयो,” पौडेलले भनिन्, “प्रधानमन्त्रीले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम छिट्टो दिनुहोस् भन्नुभयो ।”

नेताहरूबीच राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशलाई निस्क्रिय बनाउने विषयमा पनि छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *