परराष्ट्रमन्त्रीमा डा.खड्का नियुक्त,राष्ट्रसंघ महासभामा भाग लिन आजै न्यूयोर्क जाने


प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै पार्टीका नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन् ।

खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री देउवाका सचिवालयले जनाएको छ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यालयले नियुक्तीको पत्र केहीबेरमा सार्वजनिक गर्नेछ । लगत्तै शपथ ग्रहणको कार्यक्रम हुनेछ । त्यसपछि उनी सिंहदरबार गएर कार्यभार सम्हाल्ने छन् ।

नवनियुक्त मन्त्री खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउने छिन् । आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन आजै न्यूयोर्क जाने कार्यक्रमसमेत तय भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *