तीन कम्पनीको संस्थापक शेयर बुधवारदेखि लिलामीमा
बुधवारदेखि नागरिक लगानीकोष सहित तीन कम्पनीको संस्थापक शेयर लिलामीमा आएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको ३ लाख ८१ हजार ९०२ कित्ता , आरएमडिसी लघुवित्तको ३ लाख ६५ कित्ता र मेरो माइक्रोफाइनान्सको ८४ हजार ८२९ कित्ता शेयर असोज १५ गतेसम्मका लागि लिलामीमा आएको हो ।
नागरिक लगानीकोषको शेयरको मूल्य प्रतिकित्ता रू. १ हजार १९७, आरएमडीसी लघुवित्तको प्रतिकित्ता रू. ५३९ र मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता रू. ४९७ तोकिएको छ । यी शेयर खरिदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । मेरो माइक्रोफाइनान्स र नागरिक लगानीकोषको उल्लेखित शेयर खरिदका लागि न्यूनतम १०० कित्ता र आरएमडीसी लघुवित्तको शेयर खरिदका लागि न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । अधिकतम कित्ताका लागि भने कुनै हद तोकिएको छैन् ।
यी शेयर बाँडफाँटमा प्राप्त गर्ने लगानीकर्ताहरुले कम्पनीद्वारा असोज ६ गतेपछि सार्वजनिक हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्ने कम्पनीको भनाई छ । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्बन्धकसँगै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, थापाथली, काठमाडौं र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिनेछ । कम्पनीले यस अघि भदौ २१ गतेदेखि ३१ गतेसम्म लिलामीमा विक्री खुला गर्न वितरण हुन नसकेको यो शेयर पुनः लिलामीमा विक्री गर्न लागेको हो ।