असोज २४ गते लक्ष्मी क्यापिटल मार्केटको साधारण सभा
लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले १३औं वार्षिक साधारण सभा असोज २४ गते हुने भएको छ । सभा दिनको ११ बजे गर्ने लक्ष्मी बैंक लिमिटेडको कार्यालय हात्तिसार काठमाडौंमा हुने भएको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट शेयरधनीलाई रू. ४ करोड ५ लाख नगद लाभांश (कर सहित) लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
प्रचतिल काुनन बमोजिम सञ्चालक सदस्यको नियुक्ती गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । साथै आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने ,आव २०७८/७९ का लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । क्यापिटलको असोज १ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।