ओमनमाथि नेपालको सहज जित
नेपाली क्रिकेट टोलीले ओमनमाथि सहज जित निकालेको छ। ओमनमा जारी क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज सम्पन्न खेलमा नेपालले ओमनमाथि ७ विकेटको सहज जित निकालेको हो।
टस जितेर ब्याटिङमा उत्रिएको ओमनले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १८.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।
सुरुवाती ब्याटिङमा उत्रिएको ओमनका लागि कप्तान जेसन मक्सुदले सर्वाधिक ४१ रन बनाउँदा नशिम खुशीले १२ रन र कलीमुल्लाहले ११ रन बनाए। त्यसबाहेक अन्य ब्याट्सम्यानको प्रदर्सन सम्झन लायक रहेन।
अर्कोतर्फ बलिङमा नेपालका करण केसी र सन्दीप लामिछानेको प्रदर्शन उत्कृष्ट प्रदर्शन गरे। केसीले ८ ओभरमा २० रन दिँदै ४ विकेट लिँदा लामिछानेले ८.१ ओभरमा १८ रन दिँदै ४ विकेट लिए। त्यस्तै, जारी सिरिजमा पहिलो खेल खेलेका शरद भेषवाकरले २ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले कुशल भुर्तेललाई ६ रनमै गुमाए पनि आशिफ शेख र ज्ञानेन्द्र मल्लले राम्रो साझेदारी गर्दै नेपालको स्कोर उकासे। कप्तान मल्लले सर्वाधिक अभिजित ५२ रन बनाउँदा आशिफ शेख ४० रनमा पभेलियन फर्किए। त्यस्तै, रोहित कुमार पौडेलले ६ रन तथा शरद भेषवाकरले १ रन जोडे।