अस्थिरतावादी तत्वले षड्यन्त्रको तानाबाना बुनेर संसद् अबरुद्ध गरिरहेका छन्



नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले संविधानबमोजिम मुलुकलाई अघि बढाउने प्रत्यत्न भइरहेको बताएका छन् ।

संविधान दिवसको अवसरमा शुभकामना दिँदै खनालले अस्थिरतावादी तत्वले षड्यन्त्रको तानाबाना बुनेको भन्दै नेकपा (एमाले)लाई अराजकतावादीको संज्ञा दिएका छन् ।“नयाँ गठबन्धन सरकार बनेको छ र संविधानबमोजिम मुलुकलाई अग्रगतितर्फ अघि बढाउने प्रयत्न भइरहेको छ । यद्यपि, अस्थिरतावादी तत्वहरू अहिले पनि षड्यन्त्रका विभिन्न तानाबाना बुनिरहेका छन्,” उनले भनेका छन्, “संसद्लाई चल्न नदिने अराजकतावादी प्रवृत्ति पनि देखापरिरहेका छन् । यस्ता प्रवृत्तिहरूका विरुद्ध दृढतापूर्वक संघर्ष गर्दै संविधानको रक्षा, लोकतान्त्रिक मूल्य–मान्यताहरूको रक्षा, राष्ट्रियताको रक्षा तथा अग्रगमनतर्फको यात्रालाई कायम राख्दै मुलुकलाई समाजवाद र समृद्धितिर अघि बढाउनु नै आजको आवश्यकता बनेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *