वाग्मती र प्रदेश-१ को नेतृत्वमा नेकपा(एकीकृत समाजवादी)को दाबी


नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद् विस्तार यसै साता हुने बताएका छन् ।

आज नयाँबानेश्वर, आलोकनगरमा पार्टी केन्द्रीय कार्यालयको उद्घाटनपछि उनले सातैवटा प्रदेशको सरकारमा आफ्नो पार्टी सहभागी हुने पनि बताए ।“सरकार सञ्चालनमा सहयोगी भूमिका रहनेछ । सरकारमा सामले हुनेछौँ । १ नम्बर र वाग्मतीको सरकारमा पनि महत्वपूर्ण भूमिकामा रहनेछौँ । सातैवटा प्रदेशको सरकारमा हाम्रो सहभागिता रहनेछ,” उनले भने ।

प्रदेश–१ र वाग्मती प्रदेशमा आफ्नो पार्टीको तर्फबाट दाबी रहेको उनले बताए । “हामी छलफल गरिहरहेका छौँ । हाम्रो दाबी हो,” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *