डडेल्धुराको वडा अधिवेशनले चर्कियो कांग्रेसमा विवाद


नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा सभापति इतर पक्षको विरोधका बाबजुद गरिएको वडा अधिवेशनले कांग्रेसमा विवाद चर्किएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भदौ २५ मा गरिएको वडा अधिवेशन अस्वीकार्य रहेको बताएपछि विवाद चर्किएको हो ।

यो विवाद समाधान गर्ने विषयमा सभापति देउवा पक्षबाट पहल नभएको एक नेताले जानकारी दिए । सभापति देउवाले विवादका विषयमा छलफल नगरेपछि सो वडा अधिवेशनलाई मान्यता नदिन भन्दै पौडेल पक्षले महाधिवेशन केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवलाई सचेत गराएको छ ।
बिहीबार आफू पक्षीय नेतासहित पार्टी कार्यालय सानेपा पुगेर वरिष्ठ नेता पौडेलले डडेल्धुराको वडा अधिवेशनलाई मान्यता नदिन निर्वाच्न समितिलाई आग्रह गरेका छन् ।पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू मिनेन्द्र रिजाल र शेखर कोइरालालगायत नेताहरु बिहीबार सानेपा पुगेका थिए ।

डडेल्धुरामा वडा अधिवेशन हुने थाहा पाएपछि पौडेल समूहले भदौ २४ गते नै सभापति देउवालाई भेटेर सो अधिवेशन रोक्न माग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *