घर र जीवनमा सुख-समृद्धि पाउन यी विषयमा ध्यान रहोस्


घर निर्माणदेखि घरका हरेक वस्तुसंग जोडिएको जानकारी वास्तुशास्त्रमा पाउन सकिन्छ । शास्त्र अनुसार यी जानकारी र नियमको पालना गरे घर र जीवनमा सुख–समृद्धि पाउन सकिन्छ । तर केहि नियम पालना नभएमा भने क्षतीसम्म हुनसक्छ । वास्तुका यिनै नियमको चर्चा गरौं ।

– वास्तु अनुसार मन्दिरमा खण्डित मूर्ति राख्दा नकारात्मक ऊर्जा प्रवाह बढ्दछ त्यसैले मन्दिरमा राखीएको तस्वीर वा प्रतिमा केही च्यातिए, चर्किए वा टुटफुट भए यसलाई हटाउनु पर्दछ । अन्यथा परिवारमा कलह र धनको समस्या बढ्ने वास्तुको मान्यता छ । यस्ता मुर्तीलाई नदि वा उचित स्थानमा प्रवाहित गर्नु पर्दछ ।
– हिन्दू धर्ममा कुचोलाई माता लक्ष्मीको प्रतीक मानिन्छ । साथै घरको नकारात्मक उर्जा बाहर निकाल्न उपयोगी कुचोको विशेष ध्यान दिनुपर्ने धार्मीक विश्वास छ । मान्यता अनुसार सूर्यास्तपछि बर्ढानु हुदैँन । यसका साथै कुचोलाई घर आउने जाने मानिसले देख्ने गरी राख्नु हुदैँन । अन्यथा घरमा पैसाको अभाव हुने धार्मीक विश्वास छ ।

– वास्तु अनुसार धन राखीएको आलमारी वा दराजको ढोका दक्षिण दिशातर्फ खुल्ने हुदैँन । अन्यथा घर वा कार्यस्थलमा सम्पती राख्ने दराजको ढोका दक्षिण दिशामा खुलेमा सदैव धनको अभाव हुने धार्मीक मान्यता छ । यो उत्तरतफ खुल्ने गरी राख्नु पर्दछ ।

– धाराबाट पानी चुहिनु सामान्य हो । तर यो समस्या धारा बन्द गर्दा पनि हुने भयो भने यसलाई सामान्य रुपमा लिनु हुदैँन । मान्यता अनुसार जसरी पानी खर्च हुन्छ त्यसरी नै घरबाट धन बाहर जाने गर्दछ । र आर्थिक स्थिति कमजोर बन्ने गर्दछ ।

– घरको मुख्यद्वारबाट केवल आउजाउ मात्र हुदैँन घरमा ऊर्जा पनि प्रवेश गर्दछ । त्यसैले वास्तु अनुसार घरको मुख्यद्वारमा कहिल्यै फोहोर हुनुहुदैँन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *