प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो । भेटवार्तामा संवैधानिक परिषद्को बैठकका विषयमा कुराकानी भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले यही चैत १८ गतेका लागि संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् । त्यस्तै संसद् र  समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *