सुनको भाउले बनायो नयाँ इतिहास, हालसम्मकै उच्च


सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २७ हजार ९ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि चैत्र ८ गते बिहीबार सुनको मूल्य एक लाख २७ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख २७ हजार ९ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख २७ हजार ३ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार १० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *