कांग्रेस महाधिवेशनमा सत्ताको प्रयोग नगर्न पौडेल पक्षीय नेताको माग
नेपाली कांग्रेसको संस्थापनइतर समूहमा रहेका नेताहरूले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासित भेटवार्ता गरेका छन् । आज बिहान उनीहरू देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, मीनेन्द्र रिजाल र जीवनबहादुर परियारले देउवालाई भेटेका हुन् । उनीहरूबीचको भेटवार्ता पार्टीको १४औँ महाधिवेशनका क्रममा देखिएको विवादमा केन्द्रित थियो ।
पौडेलसहितका नेताले डडेलधुरालगायत २१ जिल्लाको विवाद मिलाएर मात्रै पालिका अधिवेशन गर्न देउवासित माग गरेको बताइएको छ ।