बीमा कम्पनी मध्ये कुन अगाडी, कसको स्थान के ?


बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको पहिलो महिनामा २ अर्ब ७४ करोड बीमालेख बिक्री गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको बीमा क्षेत्रको विवरणमा चालू आर्थिक वर्षको पहिलो महिना साउनमा २ अर्ब ७४ करोड बीमालेख बिक्री गरेको देखिएको छ।

समितिका अनुसार चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो एक महिनामा निर्जीवन बीमा कम्पनीहरुले बीमालेख नवीकरण बापत १३ अर्ब ७८ करोड शुल्क उठाएका छन् । त्यस्तै, जीवन बीमा कम्पनीहरुले १६ अर्ब ६१ करोड रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका छन् ।

सबैभन्दा बढी कसको ?

साउन महिनामा जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको बीमा समितिले जनाएको छ । यस अवधिसम्ममा सो कम्पनी ४ अर्ब ७६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, दोस्रोमा राष्ट्रिय बीमा संस्थान रहेको छ । यस कम्पनीले ३ अर्ब ७३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा भने नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । सो कम्पनीले यस अवधिसम्म १ अर्ब ३३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यसैगरि, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले यस अवधिसम्ममा १ अर्ब बीमा शुल्क आर्जन गरेको छ । समितिका अनुसार यूनियन लाइफले ७६ करोड रुपैयाँ, एसियन लाइफले ६३ करोड रुपैयाँ, सूर्या लाइफले ५२ करोड रुपैयाँ, मेट लाइफले ४९ करोड रुपैयाँ, सिटिजन लाइफले ४५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कम्पनी ४० करोड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ४० करोड छ भने आइएमई लाइफले ३४ करोड रुपैयाँ, प्रभु लाइफले ३४ करोड रुपैयाँ, ज्योति फाइफले ३३ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ३० करोड रुपैयाँ, सन नेपाल लाइफले २९ करोड रुपैयाँ, रिलायन्स लाइफले २८ करोड रुपैयाँ, सानिमा लाइफले १४ करोड रुपैयाँ र महालक्ष्मी लाइफले १२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *