सत्ता साझेदार प्रमुख चार दल बीच मन्त्रिपरिषद् विस्तारबारे छलफल शुरु


सत्ता साझेदार प्रमुख चार दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपा नेपालबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बिहान जारी बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा लगायत सत्ता गठबन्धनका नेताहरु सहभागि छन् ।
सोमवार पछि सत्ता घटकबीच छलफल भएको थियो बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र नेता डा. बाबुराम भट्टराई सहभागि छन् । सत्ताठगबन्धका नेताहरुबीच यथाशीघ्र मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल भइरहेको बालुवाटार स्रोतले बतायो ।

सोमवार माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले आजको बैठकबाट मन्त्रालयको भागवण्डा टुंगिने र बुधवार मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *