प्रभु बैंकको साढे २ लाख कित्ता बढी संस्थापक शेयर लिलाममा


प्रभु बैंकको साढे २ लाख कित्ता बढी संस्थापक शेयर लिलाममा आएको छ । बैंकले आज भदौ १५ गतेदेखि बैंकको २ लाख ५२ हजार ७ सय २८ कित्ता कित्ता संस्थापक शेयर लिलाममा ल्याएको हो ।

बैंकले यी शेयर आज भदौ १५ देखि भदौ २८ गतेसम्म यी संस्थापक शेयर लिलाम गर्न लागेको हो । शेयर लिलाम प्रक्रियाको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले ति शेयरको न्युनतम मूल्य प्रति कित्ता २१० रुपैयाँ कायम गरेकोले आवेदन दिंदा सो भन्दा बढी मूल्य कबुल गरेर आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ ।

आवेदन दिंदा न्युनतम १००० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *