धार्मीक मान्यता भन्छ,समय हेरेर टिप्नुपर्छ तुलसीको पत्ता
धर्ममा तुलसीको विरुवाको विशेष महत्व रहने गरेको छ । हिन्दुहरु तुलसीलाई देवता समान मानेर पूजा गर्दछन् । साथै यसको नियमित आराधना पनि गर्दछन् ।
धार्मीक मान्यता अनुसार हरेक बिहान तुलसीको बिरुवामा पानि चढाउनु र साँझमा दियो बाली आराधना गर्दा पूजाकर्ता र जुन घरमा पूजा हुन्छ त्यहाँ सुख, समृद्धि आउने विश्वास गरिन्छ ।वास्तु अनुसार वास्तुदोष निबारण गर्न पनि तुलसीको प्रयोग उपयोगी मानिन्छ । तर धार्मीक मान्यता अनुसार तुलसीको पात टिप्दा भने केही कुरामा ख्याल पुर्याउनु पर्ने हुन्छ ।
१। आइतबार मंगलबार र शुक्रबार तुलसीको पात टिप्नु शुभ मानिदैँन ।
२। एकादशी, द्वादशी तिथि, औंसी र पूर्णिमा तिथिमा पनि तुलसी टिप्न नहुने मान्यता छ ।
३। उल्लेखित दिनमा तुलसीको पात टिपे घरमा गरीबी आउने धार्मीक विश्वास रहेको छ ।
४। सूर्योदय अघि वा सूर्यास्तपछि तुलसीको पात टिप्नु पनि शुभ मानिदैन ।
५। घरमा जन्म भएको शिशुको नामाकरण नहुन्जेल पनि तुलसीको पात टिप्नु हुदैँन ।
तुलसी केवल पूजनीय मात्र नभई औषधीय गुणले भरिपुर्ण छ । रुघा खोकि लगायतको समस्यामा तुलसीको पातको काढा बनाई पिउँदा आराम मिल्दछ । घाँटीको दुखाईमा समेत तुलसीको पात चपाँएर खाएमा चाँडै निको हुन्छ ।