पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा कोभिड-१९ एन्टिबडी : स्वास्थ्य मन्त्रालय


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो मात्रा मात्र खोप लगाएका ८० प्रतिशत व्यक्तिहरुमा र पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा कोभिड-१९ एन्टिबडी देखिएको बताएको छ।

मन्त्रालयले कोभिड-१९ संक्रमणको अवस्थालाई सूक्ष्म विश्लेषण गरी आवश्यक कार्ययोजना बनाउने उद्देश्यले देशभरीका ६ महिना भन्दा बढी उमेरका व्यक्तिहरुलाई समेटी गत असार २१ देखि साउन ३० गतेसम्ममा १३ हजार १६१ नमुनाको विश्लेषण गरेको थियो। सो सर्भेको प्रारम्भिक नतिजा अनुसार देशभरी ६८ दशमलव ६ प्रतिशत नमूनामा कोभिड-१९ एन्टिबडी देखिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, शहरका सबै लिंग, उमेर, पेशा, तथा सबै समूहमा लगभग समान रुपमा नै एन्टिबडी देखिएको मन्त्रालयले बताएको छ। यसबाट हाल लगाईराखेका खोपहरु अत्यन्त प्रभावकारी रहेको देखिएको मन्त्रालयको ठम्याइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *