केपी ओली र महन्थ-महतो समूह प्रतिगमनको उत्तराधिकारी : उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले केपी ओली र महन्थ-महतो समूह प्रतिगमनको उत्तराधिकारी भएको टिप्पणी गरेका छन् ।
जसपाले शुक्रबार जनकपुरमा आयोजना गरेको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ओली-महन्थ समूह गणतन्त्रसहितको उपलब्धि मास्ने दिशामा अघि बढेकोले उनीहरु सत्ताच्यूत भएर जनतामा नांगिएको टिप्पणी गरे ।
यादवले भने, ‘पञ्च केपी ओली केशरजंग रायमाझी बन्न खोजेका थिए र महन्थ-महतो बेदानन्द झा बन्न खोजेको थिए तर परिवर्तन विरोधी उनीहरुको कदमलाई हामीले विफल पारिदियौं ।’
संघीय गणतन्त्र र समावेशीकरण सहित आन्दोलनका उपलब्धिहरुको रक्षा जसपाले मात्र गर्न सक्ने दाबी गर्दै उनले आगामी निर्वाचनमा जसपा बलियो वैकल्पिक शक्तिको रुपमा उदय हुने विश्वास व्यक्त गरे ।
महन्थ-महतोको सांसद पद आफूहरुले जोगादिएको जिकिर गर्दै अध्यक्ष यादवले भने, ‘हामीले चाहेको भए केन्द्रदेखि प्रदेशसम्म कारबाही गरेर उनीहरुको सांसद पद खोस्न सक्थ्यौं । तर हामीले केही गरेनौं ।’