काबुल विमानस्थलबाहिर भएको विस्फोटमा ६० जना भन्दा बढीको मृत्यु


अफगानिस्तानको राजधानी काबुल विमानस्थलबाहिर भएको विस्फोटमा ६० जना भन्दा बढीको मृत्यु भएको छ ।

विस्फोटमा अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गएको छ । दुई वटा विस्फोटमा उनीहरुको मृत्यु हुनुका साथै १४० भन्दा बढी घाइते भएको अफगानिस्तानको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।आक्रमणको जिम्मा जिहादी समूहले लिएको छ ।

विस्फोटबाट उनीहरुको ज्यान गए पनि हवाई उद्धारकार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्। ‘हामीले यो मिसन सम्पन्न गर्नै पर्छ र हामी गर्नेछौँ,’अमेरिकी राष्ट्रपति जो बाइडेनले बदला लिने संकेत गरेका छन् । उनले भने “हामी भुल्ने छैनौं ।

उनले अपराधीहरूलाई खोजेरै छाड्ने वाचा पनि गरे । अगस्ट १५ तारिखमा तालिबानले आफ्नो नियन्त्रणमा लिएको काबुलबाट हालसम्म १ लाख मानिसहरुलाई उद्धार गरी स्वदेश फर्काइएको छ ।

तर अगस्ट ३१ तारिखमा अमेरिकी फौज फर्कनु अघि नै त्यहाँबाट बाहिरिनका लागि कैयौँ अफगानहरू विमानस्थल पुगिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *