नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक भएको छ। जर्सी डिजाइनका लागि खुला गरिएको आह्वानमा आदर्श पोखरेलको डिजाइन छानिएको हो।
नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले खुला प्रतिस्पर्धाबाट उत्कृष्ट डिजाइन बनाउनेले एक लाख रुपैयाँ पाउने गरी जेठ ३१ गते आवेदन खोलेको थियो।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार ५ सय वटा डिजाइन क्यानमा आइपुगेका थिए। जसबाट छनोटका लागि क्यानले ४ सदस्यीय समिति बनाएको थियो।