काबुल पुगे तालिवानका सहसंस्थापक बरादार,समावेशी सरकार बनाउने घोषणा


तालिवानका सह-संस्थापक मुल्लाह अब्दुल घानी बारादार अफगानिस्तानको राजधानी काबुल पुगेका छन्। तालिवानले काबुलमाथि नियन्त्रण कायम गरेको एक हप्तापछि बरादर काबलु पुगेका हुन्।

तालिवानका उप प्रमुख एवम् दोहामा रहेको तालिवानको राजनीतिक कार्यालयको प्रमुख समेत रहेका बारादार सरकार अफगानिस्तानमा सरकार गठनको सिलसिलामा काबुल पुगेका हुन्। उनी सन् २०१० मा पाकिस्तानको कराँचीमा पक्राउ परेका थिए। तालिवानका संस्थापक उमरका विश्वासिला कमाण्डरको रिहाइ २०१८ मा भएको थियो। तालिवानले शान्ति वार्ताको प्रस्ताव गर्दा उनको रिहाइको प्रमुख शर्त राखिएको थियो।
काबुलमा जिहादी नेता र राजनीतिज्ञसँग भेटेर समावेशी सरकार निर्माण गर्नेबारेमा छलफल गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *