१४ सांसदमाथि कारवाहीको माग गर्दै एमाले सांसदहरू सभामुखको कार्यकक्षमा


पार्टीले कारबाही गरेका १४ सांसदलाई कारबाहीको माग गर्दै एमाले नेता सभामुख अग्नि प्रसाद सापकोटाको कार्यकक्षमा पुगेका छन् ।

पार्टीले कारबाही गर्न सिफारिस गरेका माधवकुमार नेपाल समूहका १४ जना सांसदलाई तत्काल कारबाही गर्न माग गर्दै सांसदहरु सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका हुन् ।सचेतक शान्ता चौधरीसहित खगराज अधिकारी, गोकुल बास्कोटा, कृष्णभक्त पोखरेल, राजेन्द्र गौतम, लालबाबु पण्डित, विमला विश्वकर्मा, गोमा देवकोटा, सूर्य पाठक लगायतका सांसद सभामुखलाई दबाब दिन उनको कार्यकक्षमा पुगेका हुन् ।

बुधबार एमालेका प्रमुख सचेतक विशाल भट्टराईको टोलीले १४ जना सांसदहरुलाई कारबाही गर्न माग गर्दै सभामुखलाई दबाब दिएका थिए ।

पार्टीले गरेको कारवाहीलाई कानून बमोजिम अघि बढाउन एमालेले सभामुखको ध्यानाकर्षण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *