नागरिक सुरक्षितपूर्वक स्वदेश नफर्केसम्म अमेरिकी सेनाले अफगानिस्तान नछोड्ने
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना नागरिक सुरक्षितपूर्वक स्वदेश नफर्केसम्म अमेरिकी सेनाको डफ्फाले अफगानिस्तान नछोड्ने संकेत दिएका छन्। एबिसी न्युज टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा बाइडेनले यस्तो संकेत गरेको बीबीसीले जनाएको छ।
बाइडेनले यसअघि ३१ अगस्टमा अमेरिकी सेनाले अफगानिस्तान छाड्ने बताएका थिए। यसबारेमा पुन प्रश्न गर्दा बाइडेनले भने, यदि त्यहाँ अमेरिकी जनता बाँकी छन् भने उनीहरुलाई त्यहाँबाट सुरक्षित निकाल्नुपर्छ। यो अमेरिकी सेनाको कर्तव्य हो।