नेपाल अफगानिस्तानको शान्ति र स्थायित्व चाहन्छ : परराष्ट्र मन्त्रालय
अफगानिस्तानमा शान्ति, सुव्यवस्था कायम हुनुपर्नेमा नेपालले जोड दिएको छ ।
सरकारले अफगानिस्तानमा भएका हालैका घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै सम्बद्ध सबै पक्षलाई निर्भयता, सुरक्षा र सर्वसाधारणको भलाइ सुनिश्चित गर्न अपरिहार्य भएकामा जोड दिएको हो ।
परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी “मानव जीवन र सम्पत्तिको रक्षा, शान्ति, सुव्यवस्था तथा स्थायित्व कायम गर्न, देश छाड्न चाहने सबैलाई सडक, विमानस्थल वा सीमानाकाबाट सुरक्षित एवं व्यवस्थित रूपमा प्रस्थानका निम्ति सहजीकरण गर्न पदमा रहेकालाई अन्तर्राष्ट्रिय समुदायले गरेको आह्वानको नेपाल खुलेर समर्थन गर्नाका साथै त्यसको सम्मान गर्न आह्वान गर्दछ,” भनेको छ ।