अफगानिस्तानमा अहिलेको अवस्था आउनुमा त्यहाँका नेताहरू जिम्मेवार : जो बाइडेन


अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानका नेताहरू देश छोडेर ‘भागेका’ले तालिबानले सहजै काबुल नियन्त्रणमा लिएको बताएका छन् । मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले अफगानिस्तानमा अहिलेको अवस्था आउनुमा त्यहाँका नेताहरू जिम्मेवार रहेको बताए ।

नेताहरूले देश छोडेर भागेको तथा अमेरिकी सेनाले प्रशिक्षित गरेको अफगान सैनिक तालिबानी लडाकुहरूसँग लड्न नचाहेकाले तालिबानले सहजै काबुल नियन्त्रणमा लिएको उनको दाबी छ ।
गत आइतबार बिहान तालिबान अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेको थियो । त्यसैको साँझ अफगान राष्ट्रपति अशरफ गनीले देश छोडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *