प्रदेश नम्बर २ को प्रमुखमा हरिशंकर मिश्र नियुक्त


प्रदेश-२ को प्रमुखमा हरिशंकर मिश्र नियुक्त भएका छन् ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ को प्रमुखमा मिश्रलाई नियुक्त गरेकी हुन् ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मिश्रलाई प्रदेश २ को प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

संविधानको धारा १६३ को उपधारा २ बमोजिम राष्ट्रपतिले महोत्तरीका मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिले यसअघिका प्रदेश प्रमुख राजेश झालाई पदमुक्त समेत गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *