जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई, सर्वाेच्चले दिएन अन्तरिम आदेश


जनता समाजवादी पार्टी, नेपालको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। आधिकारितासम्बन्धी निर्णय रोक्न अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमा अन्तरिम आदेश गर्न सर्वोच्चले अस्वीकार गरेको हो।

न्यायाधीशद्वय दीपककुमार कार्की र डा। आनन्दमोहन भट्टराईको संयुक्त इजलासले आदेश जारी नगरे पनि निवेदकलाई अपूरणीय क्षति नपुग्ने भन्दै आदेश अस्वीकार गरेको हो। इजलासले निवेदकले उठाएका विषय अन्तिम सुनुवाइमा निरुपण हुने भन्दै तत्काल निर्णय कार्यान्वयन रोक्न अस्वीकार गरेको हो।

आदेशमा भनिएको छ, ‘आधकिारिकता सम्बन्धमा दुबै पक्षका दाबी एवम् जिकिरहरुका विषयमा सुनुवाइ गरी र केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी र सदस्यहरुको उपस्थिति र सनाखत समेत लिई आवश्यक संख्यामा बहुमत सदस्यहरुले व्यक्ति गरेको मत समेतलाई दृष्टिगत गर्दै दलको आधिकारिकतबाारे आयोगबाट मिति २०७८/४/११ मा निर्णय गरेको देखियो। सो निर्णय कानुन बमोजिम छ वा छैन भन्ने अन्तिम निर्णयको विषय देखिएको, उठाइएका अन्य विषयमा समेत अन्तिम निर्णय हुँदा विचार हुने नै भएको र निवेदकलाई तत्काल अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको समेतबाट सुविधा र सन्तुलनलाई दृष्टिगत गर्दा हाल मा बमोजिम अन्तरिम आदेश जारी गर्नु परेन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *