पूर्वजन्मका बारेमा जिज्ञासा छ,थाहा पाउने यस्तो सुत्र
हरेक कोहीलाई पछिल्लो जन्मका बारेमा जान्नका लागि उत्सुकता बढ्छ ।
ज्योतिषको भाषामा मनुष्यको जन्मदेखि लिएर मृत्युसम्म पनि उसको पुनर्जन्मसम्मका कुरालाई ग्रह तथा नक्षत्रका आधारमा भन्ने गरिन्छ ।शास्त्र र पुराणमा लेखे अनुसार मनुष्यले आफ्नो कर्मको फल यही धर्तीमा भोग्नुपर्छ । किनकी, मनुष्यको आत्मा अमर हुन्छ । त्यसैले एक शरीरको नाश हुनसाथ आत्मा अर्को शरीरमा प्रवेश गर्छ ।
पुराणमा लेखिएको छ कि, मान्छेले आफ्नो कर्मका अनुसार ८४ लाख योनीलाई भोग्नुपर्छ । पुनर्जन्मका बारेमा सबै सवालका जवाफ कुण्डलीका आधारमा दिने गरिन्छ ।
ज्योतिष शास्त्रका अनुसार जन्म कुण्डलीलाई पञ्चम भावका आधारमा र बलवान ग्रह (सूर्य र चन्द्रमा)लाई आधार मानेर उसको स्थितिको पुनर्जन्मको बारेमा बताउन सकिन्छ ।
महर्षी पराशरले ग्रन्थमा पुनर्जन्मका बारेमा बताएका थिए । बृहतपराशर शास्त्रका अनुसार तपाईंको जन्मले नै ग्रह बलवान हुन्छ, । जुन ग्रह द्रेष्काणको स्थितिमा हुन्छ, उक्त ग्रहका अनुसार नै जातकको सम्बन्ध कुन लोकसँग थियो भन्ने थाहा पाउन सकिन्छ ।