फिफा वरीयतामा नेपालको सुधार


नेपाली फुटबल टोलीको फीफा वरीयतामा सुधार भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विहिबार जारी गरेको नयाँ वरीयता अनुसार नेपालको १६८ औं स्थानमा पुगेको हो।

यसअघिको वरीयतामा नेपाल १७१ औं स्थानमा रहेकोमा अहिले सुधार भएर १६८ औं स्थानमा पुगेको छ। विश्व वरीयतामा नेपाल सबैभन्दा माथि १२४ औं स्थानसम्म पुगेको छ भने पछाडि १९६ औं स्थानसम्म पुगेको छ।

पछिल्लो समय नेपालले थ्री नेशन्स कप र विश्वकप तथा एसिया कप छनोटका खेलहरु खेलेको थियो।

विश्व वरीयतामा बेल्जियम शीर्षस्थानमा यथावत रहेको छ भने ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ। एशियाका शीर्ष तीन जापान, इरान र अस्ट्रेलिया विश्ववरीयामा क्रमश २४, २६ र २८ औं स्थानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *