यौन दुर्व्यहारको आरोप लागेका न्युयोर्कका गभर्नरले दिए राजीनामा
न्युयोर्कका गभर्नर एन्ड्र्यु कुमोले राजीनामा दिएका छन्। ११ जना सहकर्मी महिलामाथि यौन दुर्व्यहारको आरोप लागेपछि उनले स्थानीय समयअनुसार मंगलवार राजीनामा दिएका हुन्।
कुमोमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि राष्ट्रपति जो बाइडेन र डेमोक्रेट्स पार्टीबाटै राजीनामाको लागि दबाव परेको थियो। यो सँगै अब न्युयोर्कमा क्याथी होचुलले अमेरिकी गभर्नरको नेतृत्व सम्हाल्नेछिन्। उनी न्युयोर्क राज्य सम्हाल्ने पहिलो महिला बन्दैछिन्।कुमोले वर्तमान र पूर्व कर्मचारीलाई कार्यालयमा दुर्व्यवहारजन्य वातावरणसमेत बनाएको रिपोर्ट बाहिरिएपछि उनको पद संकटमा परेको थियो। डेमोक्रेट पार्टीका तर्फबाट गभर्नर बनेका कुमोले भने आफूमाथिको आरोप अस्विकार गर्दै आएका छन्।
कुमोमाथि पाँच महिना अघि दुर्व्यवहारबारे आरोप लागेको थियो। त्यसपछि पाँच महिने अनुसन्धानमा १७९ जनासँग उनको व्यवहारबारे सोधिएको थियो। जसमध्ये ११ जनामाथि यौन दुर्व्यवहार गरेको प्रतिवेदन सार्वजनिक भएको हो।