आयोगसँग भिख माग्ने निरीह अवस्था आउनु, नेतृत्वको चरम असफलता


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन गराउन नसक्नु वर्तमान नेतृत्वको चरम असफलता भएको बताएका छन् ।

उनले महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको पनि टिप्पणी गरेका छन् ।
“पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिती भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो,” सामाजिक सञ्जालमा उनी लेख्छन्, “आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *