इन्फिनिटी र नेपाल एग्रो लघुवित्तको एकिकृत कारोबार भदौ ४ बाट


इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई प्राप्ती गरी भदौ ४ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । यी दुबै कम्पनीको असार २१ गते सम्पन्न अलग अलग साधारण सभाबाट प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले साउन १५ गते प्राप्तका लागि अन्तिम स्वीकृति प्रदान गरेसँगै दुई कम्पनी एक भएर कारोबार सुरु गर्न लागेका हुन् ।

कम्पनी रजिष्ट्रारको कार्यालयबाट पनि साउन २२ गते प्राप्तीका लागि अन्तिम स्वीकृति प्राप्त भएको जानकारी कम्पनीले गराएका छन् ।एकिकृत कारोबारको लागि दुबै संस्थाको तथ्याङ्कलाई एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउनका लागि भदौ ३ गते एक दिन नेपाल एग्रो लघुवित्तको सम्पूर्ण कारोबार बन्द रहने जानकारी कम्पनीले दिएको छ ।

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई १ बराबर शून्य दशमलव ९८ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ती गरेको हो । दुबै यी दुई कम्पनी एक भएपछि चुक्तापूँजी रू. ३२ करोड ५९ लाख ८ हजार कायम हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *