नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक साउन २८ गते
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही साउन २८ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
कार्यतालिकाअनुसार गाउँ/नगर वडाअधिवेशन यही साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो । यद्यपि क्रियाशील सदस्यताको विवादका कारण साउन २० गतेसम्मको अधिवेशन कार्यतालिका प्रभावित भइसकेको छ ।
यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।