पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीसँग नेता नेपालको भेटवार्ता हुन लागेको बताइरहँदा त्यसअघि नै दाहालले नेपालसँग भेटेका हुन् ।कोटेश्वरस्थित एक व्यापारीको निवासमा भएको भेटमा दाहालले आज पनि नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेको स्रोतले जनाएको छ ।

तर, पार्टीकै दोस्रो तहका नेताहरुले एकताका लागि दबाब दिएको तथा ओलीसँग भेट हुन लागेकाले त्यसअघि उनले यस विषयमा निर्णय दिएका छैनन् ।संसद जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै गठबन्धनका नेताहरुले मन्त्रिपरिषद विस्तारमा पनि नेता नेपाललाई पर्खिदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *