समृद्धि फाइनान्सले माग्यो हकप्रद निष्काशनको अनुमति


समृद्धि फाइनान्स ले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै साउन १५ गते आवेदन दिएको हो ।

कम्पनीले २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले गत असोज १६ गतेदेखि कार्तिक ६ गतेसम्म १:२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको थियो । त्यस समयमा बिक्रि नभएको शेयर लिलाम मार्फत पूर्ण बिक्रि भईसकेपछि कम्पनीले फेरी हकप्रद निष्काशनको लागि अनुमति माग गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *