बालबालिकालाई समेत लगाउन मिल्ने खोप प्राप्त गर्ने प्रक्रिया शुरु


स्वस्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा।गुणराज लोहनीले १२ वर्षमाथि उमेर समूहका बालबालिकालाई समेत लगाउन मिल्ने खोप प्राप्त गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिएका छन्। उनका अनुसार बालबालिकाका लागि सरकारले करिब ६० लाख फाइजर खोप ल्याइने तयारी गरेको छ।

अहिलेसम्म खोपको पहिलो मात्रा १५.८ प्रतिशत अर्थात ३४ लाख पाँच हजार १५४ र दोस्रो मात्रा ६।६ प्रतिशत अर्थात १४ लाख ३० हजार ४१६ जनाले खोप लगाइसकेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ९७ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ।
तीमध्ये कोभ्याक्स सुविधामार्फत १८ लाख ८२ हजार ८५० ९भारतबाट कोभिशिल्ड तीन लाख ४८ हजार र अमेरिकाबाट जोन्सन एण्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा०, वैदेशिक अनुदानबाट २९ लाख, चीनबाट १८ लाख र भारतबाट ११ लाख मात्रा रहेका छन्। यसैगरी सरकारले खरिद गरेर ५० लाख मात्रा ल्याएको छ। भारतबाट कोभिशिल्ड १० लाख मात्रा र चीनबाट भेरोसेल ३२ लाख मात्रा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *