नेप्सेमा ७ लाख ५७ हजार कित्ता बराबरको शेयर सूचीकृत
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार एक कम्पनीको शेयर सूचीकृत भएको छ । सोमबार आईएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो ।
नेप्सेका अनुसार सोमबार आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको ७ प्रतिशत बोनस शेयरवापत ७ लाख ५७ हजार पाँच सय कित्ता शेयर सूचीकृत भएको हो ।
मंगलवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । कम्पनीको बैशाख १२ गते सम्पन्न २३औं वार्षिक साधारण सभाले उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । उक्त बोनस शेयर प्रयोजनका लागि कम्पनीले नगद लाभांश समेत दिएकाले लगानीकर्ताहरुले बोनस शेयर वापतको कर तिर्नुपर्नेछैन् ।
कम्पनीले बोनस शेयर कर प्रयोजनका लागि रू। ३९ लाख ८६ हजार ८४२ दशमलव ११ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव सोही सभाबाट पारित गरेको हो ।