सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा थप ८१ लडाकू मारिए


अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी थप ८१ लडाकू मारिएका छन् ।

लडाकूहरुको अखडा रहेको ठाउँमा सुरक्षाकर्मीहरुले हेलिकोप्टर र लडाकू विमानबाट आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् ।देशको उत्तरी बाल्ख प्रान्तमा आइतबार आक्रमण गरिएको सरकारी सेनाले आइतबार नै जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

आइतबार दिउँसो काल्डार र चाम्ताल जिल्लामा भएको घटनामा अरु ४३ जना घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।

घटनास्थलबाट सुरक्षाकर्मीहरुले ठूलो सङ्ख्यामा सवारी साधन, विस्फोटक पदार्थलगायतका महत्वपूर्ण सामग्रीहरु पनि नियन्त्रणमा लिएको छ ।

अफगानिस्तानमा लामो समयदेखि द्वन्द्व जारी छ । युद्ध अन्त्यका लागि पटकपटक वार्ता भइरहे पनि निष्कर्षमा पुग्न भने सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *