जसपाको विवादमा सुनुवाइ चल्दै,आजै केही आदेश आउन सक्ने


जनता समाजवादी पार्टी (जसपा)को विवादबारे निर्वाचन आयोगको इजलासमा बिहीवारदेखि बहस शुरू भएको छ ।अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर तथा ठाकुर पक्षले उपेन्द्र यादवलाई कारवाही गरेपछि विवाद निर्वाचन आयोगमा पुगेको थियो ।
एकले अर्कालाई गरेको कारवाहीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि यसअघि दुवै पक्षलाई बोलाएर छलफल गरेको थियो । अध्यक्ष यादवले मिल्न नसक्ने भन्दै प्रक्रियामा जान आयोगमा आग्रह गरेपछि आयोगको इजलास बसेको हो ।

सम्भवतः दुवैतिरको बहस आजै सकिन्छ होला । दुवै पक्षको समय डेढ–डेढ घण्टा दिइएको छ । त्यसो गर्दा करिब साढे तीन घण्टा बहस हुन्छ होला । आज केही आदेश आउन सक्छ,” आयोगका सचिव सुरेश अधिकारीले भने ।

उपेन्द्र यादव पक्षले कार्यकारीणी समिति र संसदीय दल दुवैतर्फ बहुमत रहेको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *