डेल्टा भेरियन्टविरुद्ध लड्न जोन्सन एन्ड जोन्‍सनको खोप ३३ प्रतिशत मात्रै प्रभावकारी


कोभिड १९ को डेल्टा भेरियन्टविरुद्ध जोन्सन एन्ड जोन्‍सनको खोप कम प्रभावकारी भएको अध्ययनले देखाएको छ। डेल्टा भेरियन्टविरुद्ध लड्न यो खोप ३३ प्रतिशत मात्रै प्रभावकारी देखिएको अध्ययनमा उल्लेख छ।

द न्यूयोर्क टाइम्सका अनुसार उक्त अध्ययनको निष्कर्ष प्रयोगशालामा रगतको नमुना परीक्षण गरि सार्वजनिक गरिएको हो। हालै सार्वजनिक भएको अध्ययनको थप वैज्ञानिक अनुसन्धान हुन बांकी छ र वैज्ञानिक जर्नलमा पनि प्रकाशित भएको छैन।

जोन्सन एन्ड जोन्सन सिंगल डोज भ्याक्सिन हो। यद्यपि, अध्ययनले जोन्सन एन्ड जोन्सनको पहिलो डोज लगाएका व्यक्तिले दोस्रो दोज पनि लगाउनुपर्ने निष्कर्ष निकालेको छ।

जोन्सन एन्ड जोन्सनले गत महिनामात्रै गरेको अध्ययनको निष्कर्षभन्दा अहिले सार्वजनिक भएको रिपोर्टको तथ्यहरु फरक रहेको छ। जोन्सन एन्ड जोन्सनले गरेको अध्ययनमा यो भ्याक्सिन कोभिड १९ भेरियन्टविरुद्ध ८ महिनासम्म प्रभावकारी रहेको उल्लेख थियो।

अध्ययनको नेतृत्व गरेका ग्रसम्यान स्कुल अफ मेडिसिनका भाइरोलोजिस्ट नाथेनिल लनडउले आफूहरुको उद्धेश्य कसैलाई पनि जोन्सनको भ्याक्सिन लगाउनबाट रोक्नु नभएको बताएका छन्। उनले यो अध्ययनले भ्याक्सिन निर्माण कम्पनीले भ्याक्सिनलाई मोडर्ना र फाइजरसँग बुस्ट गर्न सक्ने बताएका छन्। साथै भ्याक्सिनलाई सिंगल डोजबाट ुटु डोज बनाउन पनि उनले सुझाव दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *