किन भेटे महन्त ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई ?
प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटवार्तामा ठाकुरले यसअघिको सरकारले गरेको सहमति कार्यान्वयन र जसपाले उठाउँदै आएको मुद्दालाई सम्बोधन गर्न आग्रह गरेको नेता डा.सुरेन्द्र झाले जानकारी दिए ।
जसपाको ठाकुर पक्षले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने तथा नागरिकताको विषयलाई फेरि सम्बोधन गर्नु पर्ने जनाएको छ ।