साउन ३ मा प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस


सरकारले पुर्नस्थापित प्रतिनिधि सभाको अधिवेशन साउन ३ गतेका लागि बोलाउन राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते संघीय संसद्का दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गर्ने निर्णय गरेको कानून न्याय तथा संसदीय मामिला मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्स्थापनाको फैसला गर्दै साउन ३ गतेभित्र अधिवेशन बोलाइसक्न आदेश दिएको थियो ।

साथै बैठकले द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थप्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *