वृहत बाम एकताका लागि नेपाल निवास कोटेश्वरमा छलफल
सत्ता समीकरण परिवर्तन भएसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनीतिक भेटघाट तिव्र बनाएका छन्।
बुधवार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका विप्लवले बिहीबार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन्। प्रचण्डसँगै विप्लव नेपाल निवास कोटेश्वर पुगेका हुन्।
भेटका क्रममा नेताहरुबिच बदलिएको राजनीतिक घटनाक्रम र कम्युनिष्ट एकताका बारेमा छलफल भएको बताइएको छ।