लक्ष्मी बैंकको ऋणपत्रमा आवेदन दिने म्याद किन थपियो ?


लक्ष्मी बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । बैंकले यस अघि ऋणपत्रमा छिटोमा असार ३१ गतेसम्म आवेदन दिन सकिने जनाएकोमा सो अवधिसम्म पर्याप्त आवेदन नपरेकोले अब साउन ११ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

बैंकले असार २८ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको हो । बैंकले २ अर्ब बराबरको (प्रति कित्ता १ हजार अंकित दरका) २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये १२ लाख कित्ता निजि तबरबाट र ८ लाख कित्ता सर्वसाधारण लगानीकर्ताको लागि बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको ८ लाख कित्ता मध्ये ४० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको बैंकले जनाएको छ ।

ऋणपत्र निष्काशनको लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।

१० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *