कोरोना रोकथाम र उपचारलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन


प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडको उपचार, रोकथाम र व्यवस्थापनबारे कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग परामर्श गरेका छन्। प्रधानमन्त्री नियुक्त भई कार्यभार सम्हालेपछि देउवाले पहिलो पटक सीसीएमसीका पदाधिकारीसँग छलफल गरेका हुन्।

छफलमा प्रधानमन्त्री देउवाले कोरोना उपचार, रोकथाम र नियन्त्रणलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन पनि दिएका छन्।

छलफलबारे ट्विट गर्दे देउवाले भनेका छन् ‘आज कोभिड-१९ को #उपचार, #रोकथाम र #व्यवस्थापनका बारेमा हालसम्म भएका काम-कारबाहीका विषयमा कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग जानकारी लिएको छु। कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन गरेको छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *