माधव नेपाल भेट्न कोटेश्वर पुगे प्रधानमन्त्री देउवा


प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

देउवा साँझ सवा ५ बजे नेता नेपालको निवास कोटेश्वर पुगेका हुन् ।माधव नेपाल पक्षका २३ जना सांसदको समर्थनका कारण देउवा प्रधानमन्त्री बनेका थिए ।

सर्वोच्च अदालतबाट देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश भएपछि नेता नेपालले गठबन्धन छाड्ने बताएका थिए । प्रधानमन्त्री देउवाले शपथ गरेको भोलिपल्टै नेपाललाई भेटेर विश्वासको मत दिनको लागि आग्रह गर्न लागेको कांग्रेस स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *