चट्याङ बज्रिएर राजस्थानमा ११ जना मानिसको मृत्यु


भारतको राजस्थानमा रहेको ऐतिहासिक किल्लाको वाचटावरमा सेल्फी लिइरहेका ११ जना मानिसको चट्याङ बज्रिएर मृत्यु भएको छ ।

आइतवार जयपुरमा रहेको आमेर किल्लाका दुईवटा टावरमा चट्याङ बज्रिएको थियो । त्यसमा परी कैयौं अन्य पर्यटक घाइते भएका छन् । १७ जना घाइते भएकोमा तीनजनाको अवस्था गम्भीर छ ।

जयपुर शहरको दृश्यावलोकन गर्न सकिने भएकाले उक्त किल्लामा पर्यटकहरूको भीड लाग्ने गरेको छ । आइतवार नै राजस्थानका अन्य स्थानमा चट्याङ बज्रिँदा लगभग १० जनाको मृत्यु भएको छ । उत्तर प्रदेशका विभिन्न जिल्लामा चट्याङका कारण कम्तीमा ४२ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *